स्प्राइटद्वारा चार विजेतालाई बजाज पल्सर मोटरसाइकल हस्तान्तरण

स्प्राइटकोे ‘स्क्रिन टाइम प्रमोसनल अभियान’अन्तर्गत ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेनको समापन भएको छ । समापनको अवसरमा स्प्राइटले चार जना विजेतालाई एक/एकवटा बजाज पल्सर (१ सय २५ सिसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।

Advertisement 1

बोटलर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमितदास र हंसराज हुलासचन्द एन्डको प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज सोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरे । त्यसैगरी विराटनगर, चितवन र हेटौंडाका विजेताहरूलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने बताइएको छ ।
सो कार्यक्रमका बाँकी पाँच जना विजेतालाई ४३ इन्चको सामसङ टिभी र २ सय ६३ जना विजेताहरूलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो ।

पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङलगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरूबाट विजेताहरू छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ । बजाज पल्सर १२५ सिसी विजेता सौगात पुलामीले भने, ‘यो क्याम्पेनमा सहभागी लाखौँमा छानिएर मैले बाइक जितेकोमा खुसी लागेको छ । यो मेरो पहिलो बाइक भएकाले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । यो पुरस्कारका लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’ यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४, २०२१ सम्म सञ्चालन भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित :२०७८ पुष २८, बुधबार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry