जुर्मुराउँदै राजावादी
अनेक तन्त्र फेरिए । जनतालाई अनेक सपनाहरु देखाइए । तर गणतन्त्रपछि फेरिएका एक पछि अर्काे सरकार अलोकप्रिय बन्दै गए पछि पछिल्लो समय राजावादीहरु सक्रियता बढाएका छन् । देशका विभिन्न ठाउँमा राजतन्त्रको पक्षमा सभा र र्यालीहरु गर्दै आएको राष्ट्रिय शक्ति नेपालले आज राजतन्त्रको पक्षमा राजधानीमा प्रर्दशन गरेको छ ।उनीहरुले आज राजधानीमा शक्ति प्रर्दशन गरेका हुन् । देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएका राजावादीहरुले सोमबार राजधानीमा शक्ति प्रदर्शन गरेका हुन् ।
Advertisement 1
राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।
त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।उनीहरुले संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन समेत गरे । उनीहरुले दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’ भन्नेसहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनका सहभागीहरु माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेका थिए ।
Advertisement 2
राजावादीहरुले देशका प्रमुख शहरहरु विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका शहरमा शक्ति प्रदर्शन गरिसकेका छन् । उनीहरुले १५ र २० मंसिरका लागि शक्ति प्रदर्शन गर्ने तयारी गरिसकेका छन् ।