निर्वाचन स्थगन गर्ने सरकारी निर्णयको कर्मचारी युनियनद्वारा आपत्ति

 बुधबारकाे मन्त्रिपरिषदकाे बैठकले  निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन संघले विरोध गरेको छ। अध्यक्ष गोपालप्रसाद पोखरेलले एक विज्ञप्ति प्रकाशित गरेर ट्रेड युनियनहरूसँग परामर्श र सहमतिविना नै सरकारले एकलौटी ढंगबाट आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरिएकोप्रति संघको केन्द्रीय कार्यसमितिले भर्त्सना गरेको हो। अध्यक्ष पोखरेलले विज्ञप्ति निकालेर तुरून्त निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेका छन्। कुनै पनि बाहनामा निर्वाचन रोक्न नहुने उनले बताए। 

Advertisement 1

अध्यक्ष गोपालप्रसाद पोखरेलले विज्ञप्ति निकालेर तुरून्त निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेका छन्। कुनै पनि बाहनामा निर्वाचन रोक्न नहुने उनले बताए।

‘तुरून्त निर्वाचन प्रक्रिया सुचारू गरी निर्वाचनमार्फत् नै आधिकारिक ट्रेड युनियनको गठन गर्न युनियन संघ माग गर्दछ,’ उनले भनेका छन्। निर्वाचन नगरिए देशव्यापी रूपमा विरोध गर्ने उनले बताए। निर्वाचनविरूद्ध भए गरेका सरकारी निर्णयविरूद्ध संघका कार्यक्रमले पर्ने असरको जिम्मेवारी सरकार स्वयमले नै व्यहोर्नुपर्ने कुरामा ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेका छन्। निर्वाचन रोकिनु विधिको शासन विपरीत भएको अध्यक्ष पोखरेल बताउँछन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालय र अधिकृतसँग राय सुझावसमेत नलिई गरिएको निर्णय लज्जास्पद र अस्वभाविक छ,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित :२०७७ मंसिर १२, शुक्रबार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम