मै सामन्ती !
गाउँको सामान्य मास्टरको छोरो म । बाले कति पढेर कस्तो जागीर खाको पत्तो पनि थियन उतिसारो । खै पश्चिम नेपालको शहर छेउको भारतपट्टीवाट मेट्रिक पास गर्याथे रे उ वेला भन्थीन आमै । आफ्नौ नागरिकता बनाउना ताका चाहिने भइ एक दुई पटक बाउको नागरिकता चलाउने बाहेक के नै हेर्नुपर्थ्यो र उबेला । के पढे कति पढे कति जागिर खाए कति कमाए के था र ?
उहि गाउँले ले मास्टरसाव, मस्टरवा भनेको बाहेक अरू नसुन्या भर मात्त थाहा पाको ।
Advertisement 1
खोइ पञ्च बन्ने जोसले जागीर नछाड्दा सम्म राम्रै जागीर थियो क्यार आफु रहेको सानो बजारमा सानो पक्की घर जोडी पक्की दोकान पनि राखीसकेको मैले जान्दा भेटाएको हो । म जन्मदै दुइटी श्रीमतीका लोग्ने भैसकेका मेरा बा पछि सम्म तिनवटिकै लोग्ने पनि बने तर सम्पत्ती भने तेही एउटा पक्की घर र भात खाने दुइ विगा जग्गा मात्रै ।पछी पछि त्यो पक्की घरमा अर्को तलाथपियो र सम्पत्ति कायम भो ।
सात आठ पढ्तैताका परिस्थीतीले सानो सानो व्यवहारको रखेलो बनाएको थियो । तेती सम्पत्ती हुनु उ बेला गरिवै त भइन्नथ्यो तर जमिन्दारी या सामन्त बन्ने गुण आउने कुरै भएन । तर पनि घर भाडामा लगाएकाले भाडा उठाउन पटक पटक जानु पर्ने सानातिना व्यवहार तिरनतारन गर्ने हैसियत भएकाले म पो सामन्त हुन थाले क्यार ।
Advertisement 2
पक्की घर त्यो पनि उ बेलाको पहिलो घरको साहुको व्यवहार हेर्ने छोरो भएकाले अरूले हेपी हाल्ने त कुरै थिएन भित्र जे भएनी बाहिर म पनि ठुलै बनेर हिड्नलाई त कसले छेक्ने र । जेवमा दुई रूप्पे दाम राखेर नहिडे पनि मेरो परिचय कसले काट्ने र रु झन स्कुलतिर मेरो पढाइ ठिकै रहेकाले आफुलाइ संकुचित बनाउनु पनि खासै परेको थिएन ।यो आत्मविश्वास थियो की सामन्ती गुण आफै छुट्याउन सकिन मैले ।
मेरी आमाको कान्छो छोरो सबैको माइलो म ।घरको अवस्था र मेरो भाग्यले होला घरमा आमा पछिको पाको मै हुन थालेछु तेसै अनुसारको महत्व पनि । घर मिलाउने व्यवहार चलाउने पढाइ पनि निरन्तर अघि बढाउने सबै गुण म मा आएरै होला मलाइ पाको बनाएको थियो जान्ने बनाएको थियो । साथी भाई बनाउने उनीहरूलाइ सहयोगी बनाउने पर्दा काम लाउने मायाले जितेर मनाउने भेदभाव नगर्ने सबै जातिकालाइ उस्तै साथीको व्यवहार गर्ने आदी कमलो स्वभावका कारण मलाइ सधै साथीभाइको साथ कम रहेन तेसले कताकती आफुमाथी नै रहेको अनुमान हुन्थ्यो त्यो म मा आएको नेतृत्व शीप थियो या अरूलाइ कज्याउने सामन्ती गुण ठम्याइएन र कोशीस पनि गरीएन ।
Advertisement 3
पहिले धनी काँग्रेस हुने कमनिष्ट गरीव हुने भनी जानेकाले हामी काँग्रेस नै हुनुपर्छ भन्ने नलागेको होइन तर ह्रदयदेखिन भने म कसरी काँग्रेश हुला काँग्रेस हुन त हप्की दप्की डर धाक चलाउन जान्ने पो हुनुपर्ला त साथी दुनीया रिझाउने सहकार्यमा काम गर्ने गर्दा आफुलाइ व्यवहार चलाउन सजिलो पारेकोलाइ त कसरी सामन्ती पार्टि रूच्ला र तै पनि सानैमा बाल र्यालीमा गई गिरिजा र पञचलाइ गाली गरेका नारा लगाएकोले आफुलाइ सामन्ती बनाउन मन लागेन भए पनि बाउ होलान भनीयो ।
अलि अलि धन र आत्मबिश्वास हुनेका लागी त्यो बेला काँग्रेशै बन्नु पर्ने बेला पनि थियो । धनीका संगत गर्न र लाभ लिन पनि त धनी देखिनु पर्थ्यो नी त्यो बेला बिश्वासको नाम पनि त काँग्रेसै थियो उसैको क्रानती सफल भइ सरकार बनेको थियो पञचायत पछि पनि ।
खानपुग्दो सम्पत्ति बेसै पढाई वलियो व्यवहारीक ज्ञान पाको व्यवहार साथीभाइलाइ समेट्ने खुवी भएपछि थोरैभएपनि नेता स्वभाव अझ भनौ माथील्लो दर्जामा आफुलाइ राखियाछ क्यारे जेमा पनि आफुनै अघि लाग्नुपर्ने योजनाकार जस्तो पनि बन्ने अरूलाइ सम्झाउने बुझाउने हपार्ने थपार्ने गुण पनि बिकास हुदै जान थाले क्यार अलि रिसालु स्वभाव पनि मिसिन थालेपछि बिद्रोही जस्तो पनि भन्न थाले साथीहरूले ।
चित्त नबुझेका कुरा ठुला भए रोएरै पनि भनिछाड्ने सानालाई थर्काएरै भएनी चुप लगाउने कसैका यकबचन पनि नसहने जहाँको तही भनीहाल्ने परिणामसँग पुरा वेवास्ता हुने जसरी पनि आफुलाइ माथी पार्ने नसके उ सँग नातैसाइनो नगर्ने थोरै साथी राख्ने तर पक्का पार्ने साथ नछोड्ने इत्यादी रणनिति आफै विकास र प्रवर्दित हुदै आएछन सायद मेरा सामन्ती गुणको विकास थियो की ?
यसै उसै गरि बार कक्षा पास गरियो घरमा झमेला उठिसकेर आफ्नो आफ्नो गरी खाने मेसो गर्नुपर्ने भो मैले दुई ज्यानको समेत जिम्मेवारी लिनुपर्ने भो केही समयमा बिहे गरीयो सबै आफ्नै बलबुतामा हिम्मत हारीएन सायद पहिलेकै व्यवहारले र स्वभावले मलाइ सानो बनाउन दिएन मैले आफुले बाँच्नुपर्ने जिवन जिउन कम गरीन बरू थोरै पाएको अंश मासियो आफ्नो सामन्ति पारामै रहन थाले भन्छन नी नवाबी शानले बाँचीयो ।
दिन बित्दै जाँदा बिकल्प जागिर खाने मात्रै रह्यो र पनि कसैको सोर्स फोर्स प्रयोग नगरी कनै जागीर खाने अनौठो जुक्ती लाए र जागीर खाएँ पछि त झन सरकारी खाँदा त लोकसेवाको बाहेक कसैको चाकरी नगरी खाएपछि म क्यान सामन्ती नहुन्या त ?
क्रमशः