कांग्रेस महाधिवेशनः नुवाकोटको सभापतिमा महत विजयी

नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी हुनुभएको छ । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।
Advertisement 1
सभापतिमा निर्वाचित महतले ८३३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गर्नुभयो । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी हुनुभएको छ । शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ ।
सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुनुहुन्छ ।
प्रकाशित :२०७८ मंसिर ११, शनिबार २०:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%