गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् ।
Advertisement 1
लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका विजेश न्यौपाने पराजित भएका हुन् ।उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको क्षेत्र नम्बर २ (क) खाँणको बलियो पकड भनिएको क्षेत्र हो । यही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाका स्वकीय सचिव समेत पराजित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार खड्कबहादुर महत नेतृत्वका अधिकांश उम्मेदवारले जित हासिल गर्दा देउवा समूहका दुई जना मात्र चयन भएका छन् ।
प्रकाशित :२०७८ मंसिर ४, शनिबार १३:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%