नेपाल लाइफका सिईओले दिए राजीनामा, यस्तो छ कारण

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले नियुक्त भएको ९ महिना नबित्दै पदबाट राजीनामा दिएका छन् ।

Advertisement 1

कम्पनीको सञ्चालक समितिसँग विवाद बढेपछि प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका हुन् । प्रसाईलाई सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर, प्रसाई नेपाल लाइफ इन्स्योरेन्समा सिईओको रुपमा नियुक्त भएको ९ महिनामै बाहिरिएका हुन् ।

सोहि कम्पनीमा लामो समयसम्म डिपुटी सिईओका रुपमा काम गरेका प्रसाईलाई सञ्चालक समितिले उनको कार्यक्षमता मूल्याङ्कन गरेर नै जिम्मेवारी दिएको थियो । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले बीमा समितिको जागिर छाडेर ४ वर्ष तीन महिना नेपाल लाइफमा काम गरे ।

Advertisement 2

सिईओमा प्रसाई नियुक्त भएको केहि समयदेखि नै कम्पनीको सञ्चालक समितिसंग मनमुटाव हुँदै आएको थियो । सञ्चालक समितिसँगको मनमुटावका कारण काम गर्न असहज स्थिती सिर्जना भएको कारण उनले सिईओ पदबाट राजीनामा दिईएको स्रोतको दाबी छ ।

प्रकाशित :२०७८ कार्तिक २२, सोमबार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry