न्यायधीशको एकै स्वर :- प्रधानन्यायधीशको राजीनामा, राणाको जवाफ “राजीनामा दिन्न”

१४ न्यायधीशहरुले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराकै कारण न्यायलय बदनाम भएको निश्कर्ष निकालेका छन् । उनीहरुले प्रधानन्यायधीश राणाले मार्गप्रशष्त गर्नुपर्ने निश्कर्ष निकालेका हुन ।
तीन दिनदेखि इजलाश बंक गर्दै आएका १४ न्यायधीशले आज बिहान ११ बजे प्रधानन्यायधीश राणासँग छलफलमा जुटेका थिए । झण्डै ४५ मिनेट चलेको सो छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले सडकबाट राजीनामा माग्दैमा आफूले राजीनामा नदिने, आफ्नो नियुक्ति संवैधानिक तवरले भएकाले बहिर्गमन पनि संवैधानिक नै हुने भन्दै जबाफ फर्काएका थिए । राणाले प्रश्न उठेका सबै न्यायाधीशले मार्गप्रशस्त गरे आफू पनि तयार रहेको जवाफ फर्काएसँगै १४ भाइ न्यायधीश फेरि आन्तरिक छलफलमा जुटेका थिए । न्यायधीशहरुले सामुहिक छलफलले प्रधानन्यायीश राणाले राजीनामा दिनुको विकल्प नरहेको निचोड निकालेको छ । उनीहरुले प्रधानन्यायाधीशमाथि प्रश्न उठेका कारण प्रन्याले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न नसकिने निश्कर्ष निकालेका छन् ।

Advertisement 1

दोश्रो चरणमा प्रधान न्यायधीशलाई भेटेर न्यायधीशहरुले प्रधानन्यायधीश राणालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । दोश्रो पटकको भेटमा समेत राणाले राजीनामा नदिने अडान दोह्रोर्याएका थिए ।
राणाको यस्को अडान पछि त्यहाँबाट निस्किएका १४ भाई न्यायधीश भोली बिहान साढे ११ बजे फेरि अर्को छलफलमा जुट्ने भएकाछन् । जसको कारण भोली पनि सर्वोच्चको इजलाश बस्ने सम्भवना टरेको छ ।

प्रकाशित :२०७८ कार्तिक ९, मंगलवार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry