तिहार, छठपछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह


उपत्याकाका मेयरहरुले तिहार र छठ पर्व पछि कडा निषेधाज्ञा गर्नुपर्ने जनाएका छन् । उपत्यका मेयर फोरमले तिहार र छठ लगायतका पर्वहरु समापन भएसँगै कडा निषेधाज्ञा जारी गर्न सीसीएमसी अर्थात कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आग्रह गरेको हो । सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका छन् ।
काठमाडौं उपत्याकामा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको र यस्को रोकथाम तथा नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले सुनाए ।
तिहार छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनको भनाई छ ।

Advertisement 1

महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वन हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए ।

जबकी यस अघि नै उपत्याकामा २५ हजारभन्दा बढी सक्रिय संक्रमित हुँदा धान्न सक्ने क्षमता नभएको भन्दै त्यो समयमा लकडाउन गर्न मानिएको थिएन् । त्यसरी लकडाउन हुँदा सक्रिय संक्रमित बढेर ५० हजार नाग्यो । तर अहिलेसम्मको तथ्यांक अनुसार २ लाख ४ हजारमा कोरोना संक्रमण पृष्टि भएकोमा १ लाख ६४ हजार ५ सय ९२ निको भइसकेको स्वास्थ्य मन्त्रालयको आँकडा छ । अहिले ३९ हजार संक्रिय संक्रमित छन । यसरी संक्रिय संक्रमितको संख्या घट्दै गइरहेको समयमा फेरि कस्को के स्वार्थमा गर्ने लकडाउन गर्न लागिएको हो भन्दै प्रश्न समे्त उठ्न थालेको छ ।

प्रकाशित :२०७७ कार्तिक २८, शुक्रबार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry