२ किलो ३४८ ग्राम सुनसहित २ महिला पक्राउ

काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

Advertisement 1

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो। मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले राससलाई जानकारी दिनुभयो। बरामद वस्तु्को परीक्षण तथा अनुसन्धान भइरहेको छ।

प्रकाशित :२०८३ मंसिर ९ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]