गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं। सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ।

Advertisement 1

उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी गड्तिर क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ।

अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव परीक्षणलाई जिल्ला सदरमुकाम लैजानुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ।

Advertisement 2

२ जना विशेषज्ञ चिकित्सक, २ नर्सिङ अधिकृत, ५ स्टाफ नर्स, ६ प्यारामिडिक्स, १ फर्मासिस्ष्ट, १ ल्याव टेक्निसियनसहित २६ जना जनशक्ति दरबन्दी रहेको उक्त अस्पताल शव परीक्षण अनुमति प्राप्त जिल्लाको चौथो स्वास्थ्य संस्था हो।

यसअघि सिन्धुली जिल्ला अस्पताल, दूधौली आधारभूत अस्पताल, हरिहरगढी आधारभूत अस्पतालबाट त्यो सेवा उपलब्ध हुँदै आएको थियो। पन्ध्र शय्याको उक्त आधारभूत अस्पतालको नयाँ भवन अघिल्लो वर्ष निर्माण सम्पन्न भई नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

Advertisement 3

उक्त अस्पतालबाट हाल दैनिक ७० देखि १०० जनाले स्वास्थ्य सेवा लिइरहेको जनाइएको छ।

राज्यद्वारा जनतालाई प्रदान गरिने स्वास्थ्यसहितका सेवा सुविधा स्थानीय तहबाटै सहज, सुलभ र सरल रूपमा गराउने राष्ट्रिय अठोटअनुरुप सञ्चालित उक्त अस्पतालाई थप सवल तुल्याउँदै लगिने पालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए।

प्रकाशित :२०८३ आश्विन १६, शुक्रबार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम