न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं। प्रभु बैंक लिमिटेडका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले मारुती सुजुकीका गाडी खरिदमा विशेष छुट पाउने भएका छन्। मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका कर्मचारी तथा परिवारजन र कार्डबाहकलाई विशेष सेवा सुविधा तथा छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो।
Advertisement 1
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन्। सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन्।
सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ। बैंकका कर्मचारी तथा कार्डबाहकलाई सवारी साधन खरिदमा थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यो सम्झौताबाट मारुती सुजुकीका विभिन्न मोडल खरिद गर्ने ग्राहकले प्रत्यक्ष लाभ लिन सक्नेछन्।








