कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध

काठमाडौं। कुमारी बैंक लिमिटेड Partnership for Carbon Accounting Financials (PCAF) मा आबद्ध भएको छ। बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा पारदर्शिता बढाउने उद्देश्यले PCAF मा सहभागिता जनाएको हो।

Advertisement 1

PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक खुलासा गर्न PCAF का विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधि प्रयोग गर्ने जनाएको छ।

बैंकका अनुसार यस पहलले जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ। न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझेर आगामी वित्तीय निर्णयमा त्यसलाई उपयोग गर्ने लक्ष्य लिएको छ।

Advertisement 2

PCAF वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न साझा ढाँचा प्रदान गर्दछ। सन् २०१९ सेप्टेम्बरमा स्थापना भएको यस पहलमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध भइसकेका छन्।

कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले PCAF मा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताएका छन्।

Advertisement 3

उनका अनुसार वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे तथ्य र जानकारी प्राप्त हुँदा बैंकले आफ्नो जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा दिगो र उत्थानशील अर्थतन्त्रतर्फ अघि बढ्न थप परिपक्व निर्णय लिन सक्नेछ।

बैंकले दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु पक्षलाई थप एकीकृत गर्ने जनाएको छ। साथै, नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ।

प्रकाशित :२०८३ भाद्र २३, मंगलवार १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry