प्रभु बैंकका ग्राहकलाई मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्।

Advertisement 1

यसका लागि प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच विशेष छुटसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार अस्पतालको बहिरंग सेवा (ओपीडी) अन्तर्गत चिकित्सकीय परामर्श, प्रयोगशाला परीक्षण तथा रेडियोलोजी जाँचमा अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

त्यस्तै, अन्तरंग सेवा (आईपीडी) अन्तर्गत कोठा भाडा, प्रयोगशाला परीक्षण तथा रेडियोलोजी जाँचमा पनि प्रचलित दरमा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ। सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

Advertisement 2

बैंकका कर्मचारी तथा परिवारजनसँगै डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई भारतमा उपचारका क्रममा सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो। सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ।

प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry