वरिष्ठ सहसचिव इन्दु घिमिरे सचिवमा बढुवा, सचिव शर्मालाई गृह मन्त्रालयमा

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेको छ।
Advertisement 1
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
सचिवमा बढुवा हुनुअघि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्। लामो समयदेखि प्रशासनिक सेवामा रहेकी घिमिरेलाई सरकारले रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो।
Advertisement 2
घिमिरेलाई रक्षा सचिवमा पदस्थापन गर्ने निर्णयसँगै सरकारले रक्षा मन्त्रालयका बहालवाला सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयमा सरुवा गरेको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जाने समय नजिकिएसँगै सरकारले गृहमा नयाँ सचिवका रूपमा शर्मालाई जिम्मेवारी दिएको हो।
शर्माको सरुवासँगै रक्षा मन्त्रालयको सचिव पद रिक्त हुने भएपछि सरकारले नवबढुवा भएकी घिमिरेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएको हो।
Advertisement 3








