कानुन मन्त्रालयको नयाँ O&M टुङ्गियो, ९ दरबन्दी घटाउँदै ९६ पद कायम

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको संगठन तथा व्यवस्थापन (O&M ) सर्वेक्षण टुङ्गिएको छ। स्वीकृत संरचनाअनुसार तयार गरिएको नयाँ दरबन्दी विवरण राष्ट्रिय किताबखानामा समेत दर्ता भइसकेको छ।

Advertisement 1

नयाँ O&M अनुसार मन्त्रालयको कुल दरबन्दी १०५ बाट घटाएर ९६ कायम गरिएको छ। पुनर्संरचनासँगै ९ कर्मचारीको दरबन्दी कटौती गरिएको हो।

दरबन्दी संरचनाअनुसार मन्त्रालयमा एक सचिव, ६ सहसचिव, १६ उपसचिव र २९ शाखा अधिकृत रहनेछन्। त्यस्तै, नायब सुब्बा तहमा २२ दरबन्दी कायम गरिएको छ।

Advertisement 2

समूहगत रूपमा न्याय समूहका २०, लेखा समूहका २, पुस्तकालय विज्ञानका २, इन्जिनियरिङ सेवाका २, कम्प्युटर अपरेटर ५ तथा सामान्य प्रशासन समूहका ७ जना रहने व्यवस्था गरिएको छ।

मन्त्रालयले संगठन संरचनालाई कार्यबोझ र आवश्यकताअनुसार पुनर्संरचना गर्दै अनावश्यक दरबन्दी घटाएको जनाएको छ। नयाँ संरचना किताबखानामा दर्ता भएसँगै अब सोहीअनुसार कर्मचारी व्यवस्थापन तथा पदपूर्तिको प्रक्रिया अघि बढ्नेछ।

Advertisement 3

पछिल्लो समय सरकारले विभिन्न मन्त्रालय तथा विभागको संगठन तथा व्यवस्थापन (O&M ) पुनरावलोकनलाई तीव्र बनाइरहेको छ। सोही अभियानअन्तर्गत कानुन मन्त्रालयको संरचनासमेत पुनर्संयोजन गरिएको हो।

प्रकाशित :२०८३ श्रावण २१, बिहीबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry