तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन

दाङ। तुलसीपुर उपमहानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको छैन।

Advertisement 1

आर्थिक वर्ष २०८२/८३ मा उक्त नगरपालिकाले रु ७२ करोड १५ लाख राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो। गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्य अनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताए।

उपमहानगर पालिकाले आर्थिक वर्ष २०८२/८३ जम्मा रु ४१ करोड ७६ लाख ९० हजार ७० राजस्व सङ्कल गरेको छ। सम्पत्ति करबाट रु १ करोड ९५ लाख ९९ हजार २११, भूमिसम्बन्धी करबाट रु २ करोड ४० लाख १० हजार ३६९, नदीजन्य पदार्थ ठेक्काबाट रु १ करोड ५२ लाख ९६ हजार १३२ र मालपोत करबाट रु १६ करोड ९१ लाख ९० हजार ६७४ राजस्व जम्मा गरिएको थियो।

Advertisement 2

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले रु ३६ करोड ७१ लाख राजस्व सङ्कलन गरेको थियो। उपमहानगरले सरसफाइ, पर्यटन, नक्सा पास, व्यवसाय, घर बहाल, सम्पत्ति करलगायत शीर्षकबाट राजस्व सङ्कलन गर्दै आएको छ।

प्रकाशित :२०८३ श्रावण १९, मंगलवार १६:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry