१२ लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम। बैतडी ट्राफिक प्रहरीले १ हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ। यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो।
Advertisement 1
उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो।
गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएका बताए।
प्रकाशित :२०८३ श्रावण १०, आईतवार १२:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








