एसईईको मूल्यांकन गत वर्ष भन्दा फरक हुने, नयाँ कार्यविधि बनाइँदै

कोरोनाको कारणबाट शिक्षा क्षेत्र प्रभावित छ । यो बर्ष पनि एसईई के होला भन्ने बारे विधार्थीहरु अन्यौलमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने यो बर्षको एसईई मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको जनाएको छ।

यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । उनले भने ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिन्छौं ।’

गतवर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । सोही कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी विद्यार्थीको मूल्यांकन गरिएको थियो ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १३:५१

प्रतिक्रिया दिनुहोस्