लागुऔषधसहित पक्राउ

दाङ। खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन्। मङ्गलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन्।
Advertisement 1
३ महिनाअघि खिचिएको भिडियो मङ्गलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स १ ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र निट्राजोहम ५ ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो।
उनीहरुबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो। उनीहरुबीच सुरुमा सामान्य चिनजान भएको थियो। घटना ३ महिना अघिको भए पनि मङ्गलबारमात्रै भिडियो सार्वजनिक गरिएको थियो। युवकलाई प्रहरीले लागुऔषध दुव्र्यसनीविरुद्ध अनुसन्धान गर्ने जनाएको छ।








