हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन

हुम्ला। यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी– मैत्री सेवा सञ्चालन भएको छ। बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो।

Advertisement 1

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी यो सेवा प्रारम्भ भएको हो। बुधबार र बिहीबार १० जनाले सेवा लिएका थिए।

उक्त सेवाअन्तर्गत रजस्वला र त्यसक्रममा हुने समस्या तथा तिनको निदान, परिवार नियोजनका अस्थायी साधनको प्रयोग, गर्भपतन, गर्भपात गराउन उत्पन्न हुने जटिल शारीरिक समस्या, मानसिक एवं प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई परामर्श पनि उपलब्ध हुनेछ।

प्रकाशित :२०८३ जेष्ठ २९, शुक्रबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry