राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा सहसचिव दाहाल नियुक्त

काठमाडौ। सरकारले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव सुमन दाहाललाई नियुक्त गरेको छ।

Advertisement 1

सरकारले सार्वजनिक संस्थान तथा बोर्डहरूमा अघिल्लो कार्यकालमा राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीलाई पदमुक्त गर्ने नीति अघि बढाइरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा परिवर्तन गरिएको हो।

यसअघि बैंकका अध्यक्ष देवकुमार ढकालले बदलिएको राजनीतिक परिस्थिति र सरकारको निर्देशनात्मक नीतिपछि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

Advertisement 2

दाहाल अर्थ मन्त्रालयमा वित्तीय प्रशासन, सार्वजनिक संस्थान व्यवस्थापन तथा आर्थिक नीति कार्यान्वयनसँग सम्बन्धित जिम्मेवारी सम्हाल्दै आएका अनुभवी अधिकारी हुन्। बैंकिङ तथा सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा उनको अनुभवलाई आधार बनाएर सरकारले नेतृत्वको जिम्मेवारी दिएको बताइएको छ।

 

प्रकाशित :२०८३ जेष्ठ २७, बुधबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry