सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं।। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा रु २ हजार ९०० ले घटेको छ भने चाँदी पनि रु १०० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८२० कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८२० कायम भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––
प्रकाशित :२०८२ चैत्र १२, बिहीबार ११:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














