६ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ११ गते आइतबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
Advertisement 1
बढुवा समितिको शनिवारको निर्णयअनुसार नेपाल कृषि सेवा, भेटेरिनरी समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत २ जना, नेपाल कृषि सेवा, खाद्य, पोषण तथा गुण नियन्त्रक समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १ जना र नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।
सूचना:

प्रकाशित :२०८२ माघ ११, आईतवार १२:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














