एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मङ्गलबारे। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ।
Advertisement 1
निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ। नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन्।
नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुन् भने कागते पूर्वप्रदेशसभा सदस्य हुन्। नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए। उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन्।
Advertisement 2
निर्वाचन हुन अब ४६ दिन बाँकी छ। प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ।
प्रकाशित :२०८२ माघ ४, आईतवार १२:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















