वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

पर्सा। गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ।

Advertisement 1

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम ३ महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवमा सोही अवधिमा रु ८ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए।

चालु आवको ३ महिनामा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख ३ हजार ३ सय ८ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ।

Advertisement 2

यसैगरी, चालु आवको ३ महिनामा रु २ अर्ब ७ करोड मूल्य पर्ने २ करोड १२ लाख ४८ हजार ३ सय ८३ लिटर जुस निर्यात भएको छ। साथै रु १ अर्ब ७० करोड मूल्य पर्ने ३ करोड ६८ लाख ४८ हजार ३ सय ८ लिटर सूर्यमुखीको प्रशोधित तेल र रु ९७ करोड मूल्यका २ करोड ४९ लाख ५ हजार १ सय ८५ थान कपडा र रु ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ।

प्रकाशित :२०८२ कार्तिक २१, शुक्रबार १०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry