घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ।
Advertisement 1
विभागले एक सूचनामार्फत रु ३ करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ।
अनुमतिपत्र लिन चाहने कम्पनीले १ महिनाभित्र आवेदन दिन सक्नेछन्। विभागको सूचनाअनुसार एकपटकमा रु ५ करोडसम्मको कारोबार गर्ने कम्पनीले रु ५ लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले रु १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ।
Advertisement 2
सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो। राजपत्रमा प्रकाशित सूचनामा ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो।
									
										प्रकाशित  :२०८२ कार्तिक १४, शुक्रबार ११:०२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                