नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

Advertisement 1

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच १ वर्षका लागि सम्झौता भएको थियो। रसले करिब ८ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिए। के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए।

८ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले ७ अन्तरराष्ट्रिय खेल खेलेको थियो। जसमा नेपालले १ खेलमा जित हासिल गर्दा २ खेल बराबरी तथा ४ खेलमा पराजित भएको थियो। रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो।

प्रकाशित :२०८२ कार्तिक १३, बिहीबार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry