जेनजीहरु

भवनका अग्नि शिखानेर उभिएर
म प्रार्थना गरिरहेछु
मेरो देश
तिमीलाई जुरुक्क उठाउन सकुँ
म सँग भएका दुई हातहरुले
दश नङ्ग्रा खियाए पछि ।
Advertisement 1
सडक समेत बलिरहेको छ दनदनि
बगेको छ रगतको खोलो
सडकमै छरिएका छन लाशहरु
तर्सन्छन पशुपतिका परेवा र बाँदर
बज्दैन घण्टाघरको घण्टी
समय शोकाकुल छ
मृत शहर हेरे पछि ।
मानवता गुम्यो
विवेक गुम्यो
मनहरु चोइटिएर
संवेदना गुम्यो
सघन उपचार कक्षमा आर्तनाद छ
घाइतेहरु पीडाले छटपटिए पछि ।
Advertisement 2
सयौं सपनाहरुको विपना गुम्यो
आमाहरुको छाती चर्किएको छ
आमाहरुको काख रित्तिएको छ
आमाहरुको आँसु थामिएको छैन
त्यो वर्षाको भेल जस्तो बगिरहेको छ
आफ्नो सन्तान क्रान्तिमा गुमे पछि ।
जलिरहयो मन
पुरातात्विक भवनहरुको जलन सँगै
वषौं देखिको आक्रोश र पीडा
ध्वंशमा रुपान्तरण हुँदा
वेथितिका मतियारहरुलाई कस्ले लुकायो ?
भ्रष्ट र छद्मभेषि नेताहरु भागदौडमा सामेल भए
आन्दोलनकारीले हिसाब किताब खोजे पछि ।
Advertisement 3
देश परिवर्तनको संघारमा छ
संक्रमणकालीन न्याय व्यवस्था निरुपण नहुँदै
अमनचैनमा
उथल पुथल आए पनि
संक्रमणमै टेकेर
न्याय निरुपण गर्नु पर्ने छ
अदालतलाई स्वतन्त्र रहन देउ
तिम्रो आन्दोलन उत्कर्षमा पुगि सक्यो
सुरक्षित अवतरणको बाटो पहिल्याउ
तिमी पश्चातापमा जलौला
वितण्डा र विध्वंश नरोकिए पछि ।
म हारुँला
देश हार्नु हुँदैन
पुनःनिर्माणमा जुट्नु छ
सबैका आ–आफ्नै पीडा होलान
पीडालाई थाँति राख्दै
पाखुरी साटौ
जेनजीहरु के सोच्दै छौ ?
तिम्रो पाखुरीमा देश नाच्नु पर्छ
तिम्रा सपना पूरा भए पछि ।
–प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
[email protected]