विविध कार्यक्रमका साथ ३ दिनसम्म संविधान दिवस मनाइने

मोरङ। कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३ गते संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ।

Advertisement 1

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार भएको बैठकले उक्त निर्णय गरेको हो। साथै बैठकले त्यसनिम्ति ५०१ सदस्यीय मूल समारोह समिति पनि गठन गरेको छ। समितिमा स्थानीय तहका सबै निकायको प्रतिनिधित्व छ।

दिवसलाई उत्सवका रूपमा मनाउन वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनीलगायत कार्यक्रम आयोजना हुने जनाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा यो दिवस मनाइने छ।

प्रकाशित :२०८२ भाद्र १२, बिहीबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry