आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement 1

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका १/२ स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भागका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका १/२ स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित :२०८२ भाद्र ३, मंगलवार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry