सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद

सुनसरी। सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु ६ करोड ९० लाख ३९२ बराबर भन्सार छली गरिएका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ।

Advertisement 1

गणअन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले यस अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्री सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए।

सोही अवधिमा रु. १८ लाख ७५ हजार एक सय ३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरी राजस्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement 2

भन्सार छली तथा अवैध ओसारपसारमा सङ्लग्न ६४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ। पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाइएको गण प्रमुख थापाले बताए।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजङग थापाले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए। उनले स्थानीय समुदायसँगको सहकार्यमा उपलब्ध स्रोतसाधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइएको बताए।

प्रकाशित :२०८२ श्रावण ५, आईतवार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry