काठमाडौं उपत्यका विकास प्राधिकरणमा तनाव : बाहिर प्रहरी, भित्र तालाबन्दी

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणमा कर्मचारीहरुको आन्दोलनले तनावको अवस्था सिर्जना भएको छ। कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलन थालेपछि प्राधिकरणमा तनावको अवस्था सिर्जना भएको हो।
Advertisement 1
प्राधिकरणका प्रमुख एवं विकास आयुक्त जानुका ढकालको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका छन्। ढकाल कार्यालयमा तालाबन्दी भएपछि मन्त्रालय गएकी छन्। त्यस्तै नायक विकास आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा पनि ताला लगाइएको छ।
जिल्ला आयुक्तको कार्यकक्षमा तालाबन्दी लगाउने तयारी गरेका कर्मचारीहरुले जिल्ला आयुक्त भित्रै भएका कारण तालाबन्दी गर्न पाएका छैनन्। कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ।
Advertisement 2


 
 
									
										प्रकाशित  :२०८१ चैत्र १३, बुधबार १३:०७																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

