सुनको मूल्य अहिलेसम्मकै उच्च, पौने २ लाख रूपैयाँ नाघ्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य अहिलेसम्मकै उचाइमा पुगेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा बढेपछि मंगलबार सुनको मूल्य नयाँ उचाइमा पुगेको हो।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

Advertisement 2

यसअघि आइतबार र सोमबार सुनको कारोबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै चैत १ गते शुक्रबार सुनको मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको थियो।

Advertisement 3

सोमबार प्रतितोला २ हजार ४० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला २ हजार ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ चैत्र ५, मंगलवार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry