१४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो।
Advertisement 1
मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि सोमबार सुनको कारोबार १ लाख ६८ हजार १ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार प्रतितोला १९ सय १५ रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ फाल्गुन २०, मंगलवार १०:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%