राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
Advertisement 1
उनीहरु दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका थिए। उनीहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उनीहरुको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए।
Advertisement 2
डा नकर्मीले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था सामान्य हुँदै गए पनि केह समय चिकित्सकको निगरानीमा राख्नुपर्ने बताएका थिए। अस्पताललाई जलनको उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिसहितको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए।