१४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको तुलनामा सोमबार सुनको मूल्य बढेको जनाएको हो। सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा भएको थियो। त्यस्तै आइतबार प्रतितोला १९ सय ६० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला १९ सय ७५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ माघ २८, सोमबार १०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry