हेअ पदनाम पाउन स्वास्थ्यकर्मीहरु आन्दोलित

काठमाडौं। सिअहेव पदमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्। जागिर सुरु गर्न अघि नै हेअ कोर्ष उतिर्ण गरेकाले हेअ पदनाम पाउनुपर्ने भन्दै आन्दोलित भएका हुन्।

Advertisement 1

स्वास्थ्य सेवा नियमावाली, २०५५ को नियम २९ को उप नियम १ को खण्ड (घ) को व्यवस्था बमोजिम स्तरवृद्धि हुनुपूर्व नै शैक्षिक योग्यता प्राप्त गरेको देखिएमा अनुसूची–३ को सम्बन्धित समूहको पाँचौं तहको पदनाम दिन सकिने व्यहोरा रहेको अनुसार पदनाम पाउ भन्दै २ वर्ष पहिला नै स्वास्थ्य सेवा विभागमा निवेदन दर्ता गराए पनि आजसम्म निवेदक स्वास्थ्यकर्मीहरुले पदनाम पाएका छैनन्। तर यस बीचमा पैसा र पहुँच हुनेहरुले पदनाम पाएको कतिपयको आरोप छ।

यस विषयमा बुझ्न पटकपटक स्वास्थ्य सेवा बिभागमा फलोअपमा आउँदा कहिले १ हप्ता पछि त कहिले १ महिना पछि काम हुन्छ भनेर झुलउने गरिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ। विभिन्न आश्वासन दिएर निकै दुख पिडा पाएको गुनासो पीडित स्वास्थ्यकर्मी युरेन्द्र साहले बताए। हेअ पदनाम पीडित समुहको संयोजक राजिव केशरीले स्वास्थ्य सेवा नियमावली अनुसार हेअ पदनाम नपाएसम्म आन्दोलन जारी रहने बताएका छन्। आफूहरुलाई हेअ पदनाम दिँदा मौजुदा ऐन कानुन कार्यान्वयन गरे पुग्ने पीडितहरुको माग छ। हेअ पदनाम दिन ऐन संसोधन गर्नु नपर्ने आन्दोलरत पक्षको भनाइ छ।

Advertisement 2

ऐनमा कानुनमा नलेखिएको भए पनि तत्कालीन अवस्थामा ऐन संसोधन गरेर, स्वास्थ्य सेवाका प्रमुख विशेषज्ञहरुले आफू अनुकुलको अतिरिक्त सचिव पदनाम कायम गराएका थिए। २०७९ साल भदौ २ गते राजपत्रमा सूचना प्रकाशन गरी अधिकृत १२औं तहको ‘प्रमुख विशेषज्ञ’ पदलाई ‘अतिरिक्त स्वास्थ्य सचिव’ भनेर पदनाम परिवर्तन गरि स्वास्थ्य सेवा नियमावली २०५५ लाई संसोधन गरेर ‘अतिरिक्त स्वास्थ्य सचिव’ पदनाम पाउनु १२औँ तहको लागि ठिक तर कानुनमा भएको कुरा कार्यान्वयन गरि ५औँ तहको लागि हेअ पदनाम दिन किन गाह्रो?’ भन्दै प्रश्न उठिरहेको छ।

‘यसैलाई नै भनिएको होला ठूलालाई चैन, साना बेचैन,’ आन्दोलनरत कर्मचारीको भनाइ छ। लगातार २ वर्षदेखि पदनामको प्रतीक्षामा पटकपटक स्वास्थ्य सेवा विभागमा धाइरहँदा तथा ध्यानाकर्षण गराइरहँदा पनि आफूहरुको जायज माग सम्बोधन नभएको उनीहरुको भनाइ छ। आन्दोलनबाट सृजित सम्पूर्ण समस्याको जिम्मा स्वास्थ्य सेवा विभागले लिनुपर्ने आन्दोलनरत कर्मचारीहरुले बताएका छन्।

प्रकाशित :२०८१ माघ १३, आईतवार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry