टी-२० सिरिजमा नेपालले फेरि हरायो अमेरिकालाई

काठमाडौं। अमेरिकामा जारी नेपाल–अमेरिका टी–२० सिरिजमा नेपालले लगातार दोस्रो खेल पनि जितेको छ। यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको नेपालले आइतबार सुपरओभरको रोमाञ्चक खेलमा हराएको हो।
Advertisement 1
आइतबार डालासमा सम्पन्न खेलमा नेपालले रोमाञ्चक खेलमा जित हात पारेको हो। टस जितेर ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको शानदार प्रदर्शनमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो।\
जवाफी ब्याटिङमा उत्रेका अमेरिकाले पनि निर्धारित ओभरमा ८ विकेटको क्षतिमा त्यति नै रन बनाउन सक्यो। सुपर ओभरमा पुगेको खेलमा नेपालले ३ रनको लक्ष्य पाएको थियो।
Advertisement 2
सुपर ओभरमा कुशल भुर्तेल र कप्तान रोहित पौडेलले ३ रन बनाएर खेल जिताए। नेपालको पहिलो इनिङ्समा भुर्तेलले नटआउट ५४ बलमा ९२ रन बनाउँदा नेपालले राम्रो लक्ष्य दिन सकेको थियो।
									
										प्रकाशित  :२०८१ कार्तिक ४, आईतवार १०:०२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                