न्यायाधीशमा योग्यता नपुगेको भन्दै रिट

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेकालाई न्यायाधीशमा सिफारिस गरेको भन्दै निर्णय बदरको माग गरि सर्वोच्चमा रिट दायर गर्नुभएको हो । न्यायपरिषद्लाई विपक्षी बनाइ दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारि नगरेसम्म संसदीय सुनुवाई रोक्न जानकारीपत्र लेख्नु भनि न्यायपरिषद र न्याय परिषदका सचिवका नाममा अन्तरिम आदेश दिनसमेत माग गर्नुभएको छ ।

Advertisement 1

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जबरासहितका सबै सदस्य, मुख्य न्यायाधीश सुवेदीसहितलाई विपक्षी बनाई रिट निवेदन दर्ता भएको हो। प्रधानन्यायाधीश जबराको अध्यक्षतामा फागुन २८ मा बसेको न्यायपरिषद् बैठकले सुवेदीलाई सर्वोच्चमा रिक्त न्यायाधीशमा नियुक्तिक लागि सिफारिस गरेको थियो। सुवेदी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हुन्।

‘संविधानविपरित भएको निर्णयले संवैधानिक सर्वोच्चतालाई नजरअन्दाज गरेको छ। कानुनको शासनलाई समेत पराजित गरेको छ,’ रिट निवेदनमा दाबी छ, ‘नहकुल सुवेदीभन्दा वरिष्ठ र अनुभवी हुँदाहुँदै संविधानको धारा १२ ९ (५) र न्याय परिषद् ऐन, २०७३ को दफा ५ को १ (क), (ख) प्रतिकुल योग्यता नपुगेको व्यक्तिलाई सर्वोच्चको न्यायाधीश नियुुक्तिका लागि सिफारिस गरेको हुँदा निर्णय असंवैधानिक र गैरकानुनी भएको हुँदा उत्प्रेषणको आदेशले बदर गरिपाऊँ।’

प्रकाशित :२०७७ चैत्र १४, शनिबार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]