उच्च अदालतमा सन्दीपकाे पेसी आज, के विश्वकप खेल्न पाउलान् ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

Advertisement 1

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ। न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरेमा यसै साता फैसला आउन सक्छ।

बैशाख ३ गतेको पेसीमा गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।

Advertisement 2

स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो। जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन्। वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ।

प्रतिवादी (गौशाला २६) पक्षले सन्दीपलाई कम्तीमा विश्वकप क्रिकेट खेल्न नदिने उद्देश्यसहित मुद्दा लम्ब्याउन खोजेको आशंका उनका कानून व्यवसायीले गरेका छन्।

Advertisement 3

सकेसम्म सन्दीपलाई दोषी प्रमाणित गर्ने र त्यो नसके पनि कम्तीमा विश्वकप खेल्नबाट वञ्चित गर्ने उद्देश्य अर्को पक्षको रहे पनि लामिछाने पक्ष भने उच्च अदालतबाट छिटो फैसला गरेर सन्दीपलाई विश्वकप खेलाउने तयारीमा रहेको छ।

नेपालसमेत सहभागी हुने टी–२० विश्वकप जून २ बाट सुरु हुँदैछ। नेपाल क्रिकेट संघका अनुसार आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको नाम आईसीसीलाई पठाइसक्नुपर्ने हुन्छ।
यदि मे १ भन्दा अगाडि सन्दीपको पक्षमा फैसला आएको खण्डमा नेपाल क्रिकेट संघले उनको फिटनेस टेस्ट लिएर स्क्वाडमा समावेश गर्न सक्छ। त्यसैले क्यानका पदाधिकारीहरु पनि छिटो फैसलाको पर्खाइमा छन्।

प्रकाशित :२०८१ बैशाख १०, सोमबार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry