ललिता निवास जग्गा प्रकरण :निर्णयकर्तालाई उन्मुक्ति,टिप्पणी लेख्ने कर्मचारी दोषी

ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई उन्मुक्ति दिइएको छ । प्रस्ताव लैजाने तत्कालीन मन्त्री विजय कुमार गच्छदार लगायतका राजनीतिकर्मीलाई सफाई दिँदा टिप्पणी लेख्ने कर्मचारीहरुलाई दोषी ठहर गरिएको छ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर गरेको छ ।ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको हो ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । १ सय ७५ जनालाई प्रतिवादी बनाइएको मुद्दामा १ सय १० जना मात्र सम्पर्कमा आएको बताइन्छ ।अख्तियारले मुख्य अभियुक्त तोकिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी,डम्बर श्रेष्ठ, छविराज पन्तलाई पनि प्रतिवादी बनाएर मुद्धा चलाएकोमा विशेष अदालतले राजनीतिकर्मीहरुलाई सफाई दिएको हो ।

विशेषमा लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतका न्यायधीशहरु डा खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाले ललिता निवासको जग्गा मुद्धामा जोडिएका पूर्व उपप्रधानमन्त्री विजय गच्छदारलाई सफाई दिएको हो ।यस्तै तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । यस्तै डम्बरबहादुर श्रेष्ठले पनि सफाई पाएका छन् ।भूमाफियाहरु शोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् ।

Advertisement 2

बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद सुनाइएको छ ।यस्तै यो प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर भएका छन् । उनीहरुसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्ट पनि दोषी ठहर भएका छन् । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

प्रकाशित :२०८० फाल्गुन ३, बिहीबार १९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry