नेपाल एकीकरण अभियानको भूराजनीतिक महत्व र हालको अवस्था

सन्दर्भःराष्ट्रिय एकता दिवस
पौष २७ गते नेपालमा राजा पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय एकता दिवसको रूपमा मनाइँदै आइएको छ । राष्ट्रमा बसोवास गर्ने सम्पूर्ण नागरिकहरू मिलेर देशको उन्नति र प्रगतिका लागि एकाकार भएर अगि बढ्नु राष्ट्रिय एकता हो। राष्ट्रियता र राष्ट्रिय एकताहरेक चेतनशिल बर्गले पटक–पटक प्रयोग गर्दै आएको शब्द  हो । राष्ट्रको दिगो विकास र संवृद्धिका लागि राष्ट्रिय भावले ओतप्रोत भई अघि बढेमा देशमा दिगो शान्ति र स्थायित्व प्राप्त गर्न सकिन्छ । राष्ट्रियता र राष्ट्रिय एकताको भावले राष्ट्रको अखण्डता,सार्वभौमिकता,राष्ट्रिय एकता र राष्ट्रियतामा कुनै खलल हुन दिदैन ।दिगो विकास, सामाजिक न्याय, सुशासन र संवृद्धितिर राष्ट्रलाई डोर्याउने काम गर्छ।राज्य भनेको सिमना र मानिसहरुको एक अंश भएको एउटा राजनीतिक संगठन हो ।नेपालको संविधानको धारा–४ अनुसार–“नेपाल स्वतन्त्र,अभिभाज्य,सार्वभौमसत्ता  सम्पन्न धर्म निरपेक्ष समावेशी लोकतन्त्रात्मक गणतन्त्रात्मक राज्य हो्र” ।राज्य भन्नाले शासकीय प्रणालीको आधार भूमि भन्ने बुझिन्छ ।राज्यसंविधान ,भूगोल,सरकार,जनता र अन्तर्राष्ट्रिय पहिचान सहितको समग्र भौतिक स्वरुप हो ।राज्य संचालनको आधार भूमि समेतहो ।राष्ट्र ,राष्ट्रियता र एकता रहे मात्र राष्ट रहन्छ । राष्ट्रिय एकता नै नरहे राष्ट्र  नै बन्दैन ।राष्ट्र नै नभए राष्ट्रियता र राष्ट्रिय एकताको सवाल नै उठदैन ।जहाँ राष्ट्र  छ त्यहाँ राष्ट्रियता र राष्ट्रिय एकता हुन नितान्त छ।यी दुई पक्ष एक अर्काका परिपुरक  हुन ।देशको सम्वृद्धि र विकासका लागि यिनको अति आवश्यकता हुन्छ । अतः आजको अपरिहार्य आवश्यकता भनेकै राष्ट्रियता र राष्ट्रिय एकता हो ।हाम्रो देशमा विभिन्न प्रकारका जातजाति, भाषा, धर्म, पेशा, व्यवसाय र वर्णका मानिसको बसोवास रहेको छ ।ती सबैलाई ‘यो देश हाम्रो हो । यो देशको उन्नति–प्रगति गर्नु हामी सबैको दायित्व हो भन्ने दायित्वबोध हुनुपर्छ र यो देशलाई विश्व परिवेशमा पहिचान एवम् प्रतिष्ठा स्थापित गर्ने कर्तव्य हामी सबैको हो; जुन कुरा हामी मिलेर मात्र सम्भव छ भन्ने भावनाको विकास हुनु र त्यसैअनुसारको व्यबहार गर्नु राष्ट्रिय एकता हो । यो एक प्रकारको मनोवैज्ञानिक भावना, देशभक्ति, परिष्कृत विचार, समझदारी, सामूहिकता, भ्रातृत्व, सहिष्णुता र राष्ट्रप्रतिको अगाध प्रेमभाव हो ।राष्ट्रियता बिना देशको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, सांस्कृतिकलगायत कुनै पनि कुराको विकासको सम्भावना नै हुँदैन । राष्ट्रियताको अभावमा देशमा आपसमा वैमनस्यता बढ्दै जाने, जातजातिमा अन्तरद्वन्द्व बढ्दै जाने, यी कुरा बढ्दै गएर गृहयुद्ध हुने, देश टुक्रिने र देशको विसर्जन हुने ठुलो खतरा हुन्छ । राष्ट्रिय एकता त्यो देशमा बस्ने नागरिकको भावात्मक एकता हो र देशभित्र रहेका विविधतालाई स्वीकार गर्नु हो ।कुनै व्यत्ति वा कसैको संप्रभु राज्य र अवसर विशेष देशबीचको सम्बन्ध कानुनि हुनु राष्ट्रीयता हो । राष्ट्रियताले राज्यका व्यक्ति–व्यक्ति उपर केहि दिनु र त्यसको बदलामा व्यक्तिलाई उसको सुरक्षा र अवसर लिनका लागि अधिकार प्रत्यायोजन गर्न सक्नु पर्दछ ।सबै व्यक्तिमा राष्ट्रियताले परम्परागत अथवा अन्तर्राष्ट्रिय सम्झौता गर्न जुन अधिकार दिन्छ त्यो अधिकार व्यक्तिले राष्ट्रियतामा राख्छ या राख्दैन भन्ने संभाव्यता राष्ट्रियता निर्धारण गर्ने तत्वहरुले निर्योकल गरेको हुँन्छ । राष्ट्रले आफ्नो शासन आफै गर्नु पर्छ भन्ने राजनीतिक सिद्धान्त र आन्दोलन राष्ट्रियता हो ।यसको प्रभावकारिता लागि राष्ट्रियता दह्रो हुनु पर्छ ।एउटा साझा समुन्वय र त्यहाँ भएका जो कोहि व्यक्तिलाई समान सदस्यको रुपमा स्वीकार गर्नु राष्ट्रियता हो ।अतःराष्ट्र प्रेमको भावना नै राष्ट्रियता हो ।
राष्ट्रलाई बलियो बनाउन राष्ट्रियताको भावना दरिलो हुनु आवश्यक छ । आफसमा एकता हुन् पनि अपरिहार्य छ ।राष्ट्रिय एकता यस्तो भाव वा शक्ति हो, जसले आपसी कलह र द्वन्दको अन्त्य गरि भाइचाराको न्यानो सम्बन्ध स्थापित गर्दछ ।एकता भावको कारण व्यक्तिले आफ्नो व्यक्तिगत हीतलाई त्यागि राष्ट्रको हीतमा प्रेरित भई काम गर्छ ।यस भावको विश्वासमा राष्ट्रका सबै साना र ठुला सामाजिक एकाईहरुले आफ्नो संकुचित सिमा भन्दा माथि उठी आफूलाई राष्ट्रको हितमा स्थापित गर्नु गर्दछ ।राष्ट्रिय एकताको सदभाव जगाउन हामीमा धार्मिक,भाषिक,लैंगिक,जातियताहरुमा मतभेद रहित समुन्नत राष्ट्र निर्माणको एकताको भावना हुनु पर्दछ ।राष्ट्रको माया गर्नेले आफ्नो राष्ट्रको माटो,इतिहास,जीवनशैली,धर्म,संस्कृति,रहनसहन,भेषभुषा आदिको निस्वार्थ भावले संरक्षण र संबर्द्धनप्रति एकताको समर्पण भाव राख्नु आवश्यक छ ।जसले हाम्रो  राष्ट्रिय एकतामा उर्जा प्रदान गरोस्।
राष्ट्रिय एकता वर्तमान अवस्थाको अपरिहार्य आवश्यकता हो । विश्वका हरेक राष्ट्रले आआफ्नो देशलाई समृद्ध र शक्तिशाली राष्ट्र बनाउन होडबाजी गरिरहेका छन्। राष्ट्रिय एकतालाई बाधा पार्ने प्रमुख तत्व भनेको जातिवाद हो ।राष्ट्रियजनगणना २०७८ अनुसार नेपालमा १४२ जातजाति र १२६ भाषभाषी छन् । विदेशी हस्तक्षेपबाट देशलाई बचाउन हामी सबै जातजाति मिल्नुको कुनै विकल्प छैन । नेपालमा विभिन्न प्रकारका समुदाय छन्; जस्तै– हिमाली, पहाडी, मधेशी, पूर्वेली, पश्चिमेलीका साथै विभिन्न धार्मिक समुदाय आदि छन् । धार्मिक साम्प्रदायिकतालाई छाडेर राष्ट्रिय एकतालाई अगाडि बढाउनु आजको आवश्यकता हो ।
राष्ट्रियता शव्दको प्रशिद्धि पुनरजागरण तथा विशेष रुपले फ्रान्सको क्रान्तिपछि भएको हो ।राष्ट्रियताले सामान्य रुपमा देश प्रेमको अपेक्षा देश भक्ति  भन्दा अधिक क्षेत्रको संकेत गर्दछ । राष्ट्रियताले स्थानको अतिरिक्त धेरै क्षेत्रको संकेत भएको हुन्छ ।राष्ट्रियताले स्थानको अतिरिक्त प्रजाति ,भाषा तथा संस्कृति एवम परम्पराको पनि सम्बन्ध राखेको हुन्छ ।   राष्ट्रियता भनेको राजनीतिक उद्धेश्य भन्दा विस्तृत र व्यापक समष्टिको निर्माण गर्ने समूह हो ।राष्ट्रीयतामा एउटा वंश,भाषा,रितिरिवाज,सभ्यता समान हुन्छ ,जसले उसलाई एकताको भावनामा परिचित गराउदछ र अन्य विदेशी भन्दा भिन्न हुन्छ ।राष्ट्रियता एक विश्वास वा भावना हो जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसंग आफुलाई गासेर हेर्छ ,आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ ।
कुनै राष्ट्रको नागरिकको राष्ट्रियता नाप्ने कडी त्यस देशको नागरिकता मात्र नभएर उसभित्रको आस्था र विश्वास पनि हो ।जोसंग नागरिकता छ उसँग राष्ट्रियता नहुन पनि सक्छ । राष्ट्रियता देशप्रतिको आस्था र विश्वास जगाउने भएकाले नागरिकतासंग सम्बन्धराख्दैन ।यो त भावानासंग सम्बन्धित हुन्छ ।राष्ट्रियताको महत्व अन्तर्राष्ट्रिय स्तरसँग गासिएको हुन्छ । भूगोल,अर्थव्यवस्था,संस्कृति ,जनता,सरकार र सार्वभौमसत्ता सम्पन्न देशको रुपमा अस्तित्वमा रहेको राष्ट्रियताको आस्था र राष्ट्रप्रतिको समर्पित भावना नै साँचो  अर्थमा राष्ट्रियता हो ।राष्ट्रियताको सार भनेको राष्ट्रप्रति आभार भक्ति ,आज्ञा पालन,कर्तव्य परायण तथा सेवाको भाव हो ।राष्ट्रिय एकताले राष्ट्र बलियो हुन्छ ।राष्ट्रिय एकताको तत्वहरु भित्र भौगोलिक,सांस्कृतिक तथा परम्परागत प्रजातीय,भाषागत,राजनैतिक आकांक्षा र शासन,ऐतिहासि र आर्थिक हीतका एकताहरु पर्दछन । यी हितले हामीलाई सदैव एकबद्ध भएर अघि बढ्न मद्धत गर्दछ ।राष्ट्रियता र राष्ट्रिय एकता वीच नंग र मासुको सम्बन्ध छ ।एकको अभावमा अर्को कमजोर बन्दछ ्रयी दुई वीचको सम्बन्धलाई सुमधुर पार्दै आम देशवासीले यीनको आत्मसात गरि देश निर्माण र विकासमा जुट्न अति आवश्यक छ । यो सदभावले राष्ट्र,राष्ट्रियता र राष्ट्रिय एकतामा सुमधुर सम्बन्ध स्थापित गरि दिगो विकास लक्ष हासिल गर्न सहयोग पुग्दछ ।यसले राष्ट्रको समुन्नत विकास र सम्वृद्धि तर्फ लाग्न आम नागरिकलाई  उन्मुख गर्दछ ।
राष्ट्रिय एकताको चर्चा गर्न पर्दा शाहकालीन राजा श्री ५ वडामहाराजधिराज पृथिवीनारायण शाहले नेपाल एकिकरणका दौरानमा प्राप्त संस्थागत उपलव्धीलाई स्मरण गर्दै एकिकरणमा पुर्याएको योगदानको समेत उच्च कदर र सम्मान गर्न आवश्यक रहेको छ । जुन बेला नेपालकको स–साना विभाजित टुक्रे राज्यमा विभिन्न राजा रजौटाहरुको शासन थियो ।माता कौशाल्यावती र पिता नरभूपाल शाहको कोखबाट प्रथम पूत्ररत्नका रुपमा वि.सं.१७७९ पौष २७ गते पृथ्वीनारायणको जन्म भएको थियो ।त्यस वेला उनि गोरखाका राजा थिए ।यस्तो विषम परिस्थितिमा यी टुक्क्रे राज्यहरुलाई एकिकरण गर्नु त्यति सरल थिएन ।जुन् उनको साहसी कदमबाट मात्र संभव भएको थियो ।नेपालमा एकता कायम गरि नेपाललाई एकिकरण गर्न उनले थालनी गरेको कदमको प्रत्येक राष्ट्रप्रेमी नेपालीले मुक्त कण्ठले प्रसंशा गरेको पाइन्छ ।उनको यस साहसी कदमका कारण विश्वमा समेत उनको  चर्चा भएको पाइन्छ । विभिन्न जात–जाति,भाषा–भाषी,धर्म–धर्मालम्बी,समुदाय र सम्प्रदायलाई एकताको शूत्रमा आबद्ध गरि उनले देखेको नेपाल एकिकरणको सपना साकार परेका थिए । नेपालको सिङ्को राष्ट्रको  खाका कोर्न उनि अत्यन्तै सफल भएका थिए ।उनकोे यस कदमलाई नेपाल र नेपालीहरुको एकताको बलियो आधारशिला मानिन्छ ।नेपालको इतिहासमा उनले राष्ट्र निर्माणको लागि पुर्याएको योगदानलाई एकताको अदभुत उपमाको रुपमा लिईएको छ र एकताको यो  दह्रो प्रमाण पनि हो। यिनले आधुनिक नेपाल निर्माणमा देखेको सपनाको कारण् यिनलाई एशियाकै दूरदर्शी र नेपालको राष्ट्रिय एकताको प्रतीकको रुपमा हेरिन्छ ।पृथ्वीनारायण शाहले काठमाडौंका राजाहरूलाई विस्थापित गरी शासन आफ्नो हातमा लिनु भूराजनीतिक हिसाबले महत्वपूर्ण देखे । काठमाडौंलाई समावेश नगरी नेपाल एकीकरण सम्भव थिएन । त्यो उनले गरे ।विदेशी सबैथोकलाई विस्थापित गरिदिए । देशबाटै लखेटे । म्लेक्क्षहरूले छोएको, दिएको नखानु भने । राष्ट्रिय स्वाधिनतालाई प्राथमिकता दिए ।उनले नेपाल एकीकरण अभियान चलाएर नेपाली जनता र देशलाई इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो गुण लगाएका व्यक्तित्व हुन् । उनले एकीकरण अभियान नचलाएका भए अहिलेको नेपाल रहने थिएन । साना–साना राज्यमा विभाजित नेपाली भूभागलाई बेलायती साम्राज्यवादले कब्जा जमाइसकेको हुने थियो र हाम्रा विभिन्न भूभागहरू अहिलेका भारतीय प्रान्तहरूका कुनै जिल्ला भएर रहनुपर्ने थियो ।
अहिलेको अवस्थामा देशलाई निकास दिने भू–राजनीतिक सुझाव त्यो बेला पृथ्वीनारायण शाहले सोच बसाएको दुई ढुंगाको तरुलको सिद्धान्त नै हो । जसले जे भने पनि पृथ्वीनारायण शाहले त्यही सिद्धान्तको आधारमा एकीकरण अभियानलाई तिव्रता दिएका हुन् । अहिलेको विषम भू–राजनीतिक सन्दर्भमा त्यही दुई ढुंगाको तरुल सिद्धान्तले देशलाई निकास दिन र भविष्यमा थप शक्ति आर्जन गर्न सक्ने बनाउँछ ।
एकीकरणका बारेमा धेरै बहसहरू भए तर पृथ्वीनारायण शाहको नेपाल दुई ढुंगाको तरुल भन्ने भू–राजनीतिक सिद्धान्तको बारेमा कमै बहस भएको पाइँन्छ । बेलायती साम्राज्यवादी विस्तारसँगै नेपालको अस्तित्व नासिन्छ भन्ने सोचबाट नै एकीकरणको अभियान थालिएको हो भन्नुमा कुनै अत्युक्ति हुनेछैन । नेपाल एकीकरणको यो सत्यतालाई नेपाल देश र नेपाली जनताले गौरव गर्नुपर्छ । पृथ्वीनारायण शाहको त्यो अतुलनीय नेतृत्व र अदम्य साहसलाई राष्ट्र निर्माणको आधारका रूपमा स्थापित गर्नु नेपालको हितमा छ । नेपाल एकीकरणको अभियान इतिहासको एउटा घटनामात्रै होइन, नेपालको स्थायित्व र स्वाधिनताको लागि अपरिहार्य एउटा स्तम्भ हो ।
पृथ्वीनारायण शाहको अतुलनीय योगदानलाई कमजोर बनाउनु अथवा तोडमोड गर्नुमा पश्चिमा सोधकर्ताहरूको ठूलो लगानी रहेको अवथा विधमान छ । नेपालीहरू त्यस्ता लहडबाजीबाट उद्देलित हुन आवश्यक छैन । पृथ्वीनारायण शाह एउटा सामन्ती राजा थिए । उनले सामन्तवादी राजकाज चलाएका थिए । तर, नेपाल एकीकरणको अभियान विश्व साम्राज्यवाद, त्यसमा पनि बेलायती उपनिवेशका विरुद्धमा एउटा महान युद्द थियो । एकीकरणको हिसाबले उनी नेपाल राष्ट्रका निर्माता थिए र बेलायती साम्राज्यबाद विरुद्दको लडाइँमा एउटा स्वाभिमानी र प्रगतिशील योद्दा थिए ।भू–राजनीतिक सन्तुलन मिलाउन नसकेको खण्डमा पृथ्वीनारायण शाहले भने झैँ देशको अस्तित्व संकटमा पर्दै जाने निश्चत छ ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई सैद्धान्तिक नेतृत्व दिने दुई ढुंगाको तरुल सिद्धान्तको महत्व नेपालको भूराजनीतिमा अहिले झन् बढेर गएको अवस्था विधमान छ । यसलाई एउटा दिगो सिद्धान्तको रूपमा मौलिक ढंगले व्याख्या गर्न सके नेपालले पाउँदै गरेको भूराजनीतिक दुःख कम गर्न मद्धत मिल्ने थियो ।विदेश आश्रित विकासे सहयोग, विकासे अवधारणा, पैसा, संस्कृति, अर्थतन्त्र आदिमा भर परेर देशको विकास र समृद्धि कुनै पनि हालतमा  हुँदैन । पृथ्वीनारायण शाहले ‘म्लेक्षले दिएको नखानु, भर नपर्नु भनाइको तात्पर्य त्यही नै थियो । आफ्नो समृद्धिको बाटो प्रष्टसँग तयार पारेर मात्रै विदेशी सहयोगको प्रयोग गर्न सके कम्तीमा आफ्नोपन जोगिने थियो ।पृथ्वीनारायण शाहको एकीकरण अभियानले जोगाएको नेपाल एकमात्र स्वतन्त्र मुख्य हिमाली देश हो । नेपालले हिमालय क्षेत्रको स्वाधिनताको कुरालाई उठाउन अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व गर्न सक्नु पर्छ । नयाँ हिमालयन स्वाधिनताको कुरालाई अघि सार्नु आवश्यक छ ।
गोर्खाली वीर नेपाली सेनामा भएको अदम्य साहस एवम् धैर्य धारण र आपसी एकताका कारण गोर्खाली नेपाली सेनादेखि विश्व नै आश्चर्य चकित भएको अवस्था विधमान छ ।नेपाली सेनाको अदम्य साहस र वीरताका कारण त्यसताका  ब्रिटिसले कब्जा जमाउदै आएका भारतका भू–भागमाथि विजय प्राप्त गर्नुका साथै नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म फैलाएका थिए  ।
हाम्रो देश  दुई ढुंगाको बीचको तरुल भएर पनि हाम्रा अग्रज पूर्खाहरुले दुबै देशसंग सुमधुर सम्बन्ध कायम राखेका थिए ।त्यसताका पनि हाम्रा बीर योद्धाहरुले भाला,खुडा,तरवार र खुकुरीको भरमा चीनिया र अंग्रेजहरुसंग युद्द लडेका थिए ।आफ्नो मातृभूमिको रक्षार्थ उनीहरुसंग डटेर सामना गरि भूमिमाथि कव्जा जमाउन शत्रुलाई दिएनन। यो एकताले नै सम्भव भएको हो ।वास्तवमा एक हुनुको भाव नै एकता हो ।यहि एकताको कारणले गर्दा नेपाल एक सार्वभौमसत्ता सम्पन्न , स्वतन्त्र र अभिभाज्य राज्य हो ।
एकताको कारण नालापानी युद्धमा वलभद्र कुवंरले अंग्रेजसंग तोप,बम,बारुदको बिरुद्ध भाला,खुडा,खुकुरीको भरमा पानी नै नपिई बहादुरीका साथ युद्ध लडेका थिए । वीर गोर्खाली नेपाली सेना भिमसेन थापा,अमर सिंह थापा ,माथवर सिंह थापा,बलभद्र कुवंर,कालु पाण्डे र लखन थापाको नेतृत्वमा नेपाल अंग्रेज युद्धमा गोर्खाली सेनाले देखाएको बहादुरी र युद्ध कौशलबाट अंग्रेज कमाण्डर समेत प्रभावित भएका थिए । सोहि कारण इष्ट इन्डिया कम्पनीमा गोर्खा सैनिकको भर्ना लिन सुरु भएको अवस्था विधमान छ । आफ्नो देशको स्वाभिमान,स्वतन्त्रतता,राष्ट्र र राष्ट्रियतालाई जोगाउन,संबर्द्धना गर्न र गराउन त्यसताका नेपाली सेना अब्बल दर्जाका थिए। यो उपलब्द्धि हामी बीचमा भएको एकताको कारणले गर्दा नै सम्भव भएको  हो ।
हाल देशमा संघियता संस्थागत भइसकेको हुँदा देशले तत् सम्बधी आचार संहिता,कानुन,नीति र नियम निर्माण तथा तर्जुमा गरि राष्ट्रको सम्वृद्धि र दिगो विकासमा जोड दिन आवश्यक छ ।जसले राजनैतिक स्थायित्व कायम गरि सबै राष्ट्रिय र क्षेत्रीय दलहरुलाई संवेदनशिल बनाउँदै नैतिकतामा आधारित राजनीतिक संस्कारको विकास गर्नु पर्छ ।यसले राष्ट्रियता र राष्ट्रिय एकतालाई संस्थागत बनाउँदै लैजान मद्दत गर्दछ ।यिनले राष्ट्रको मजबुत शूत्रधार निर्माण र कार्यान्वन गराउन अहम भूमिका निर्वाह गरेको हुन्छ ।
राष्ट्रिय एकताले भावात्मक र भौगोलिक एकतालाई जनाउँछ । नेपालको भौगोलिक एकताको कुरा गर्दा पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई सम्झनैपर्ने हुन्छ । उनी र उनका छोराहरूले वीर नेपाली जनताको साथ लिएर ठुलो योजना र बलिदानबाट पूर्वको टिष्टानदी र पश्चिममा काँगडासम्मको नेपालभूमि एकीकरण गरे । साना राज्यले आफ्नो राज्य बचाउन ब्रिटिस, पन्जाब, बङ्काललगायत भारतीय राजालाई गुहारी नेपाली सेना विरुद्ध ठाउँ ठाउँमा ठुलो युद्ध भएको थियो । नेपाली सेनाले तिनीहरूलाई युद्धमा हराई लखेटेका पनि थिए । पृथ्वीनारायण शाहको भाषामै भन्दा “मेरा साना दुःखले आर्जेको मुलुक होइन” । यो भनाइ असाध्यै साँचो थियो ।उनले भौगोलिक एकता मात्र गरेनन्, भावात्मक एकता पनि गरेको पाइन्छ । यो कुरा कसरी भन्न सकिन्छ भने जुन राज्य नेपाल राज्यमा सामेल भए, त्यहाँका सेना र जनताले एकीकरणको अभियानमा सामेल भएका थिए ।
आज हामीहरू विदेशी एवम् स्वदेशी शासकवर्गको “फुटाऊ र शासन गर” भन्ने रणनीतिलाई सफल हुन नदिनका लागि हामीहरू एक हुनैपर्ने आजको आवश्यकता हो । सबै खाले विसङ्कतिलाई त्यागेर विदेशी हस्तक्षेपको विरुद्धमा राष्ट्रिय एकता कायम गर्नुपर्छ । देशका सम्पूर्ण जनताले देशको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, ऐतिहासिक र भौगोलिक आदि अवस्थाको बारेमा जानकार हुन जरुरी छ । यी कुरा सबैलाई जानकारी भयो भने देशभक्तिको भावना बढेर जान्छ र राष्ट्रिय एकता बनिरहन्छ ।राज्यले सबै विभेद हटाई देशका साधनस्रोतको सदुपयोग गरी देशभित्रै रोजगारीको सृजना गरेर देशलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नु आजको आवश्यकता हो ।
नेपालबाहेक विश्वका अन्य देशको अभ्यासलाई हेर्ने हो भने त्यहाँ पनि विविध रूपमा राष्ट्रिय दिवस मनाउने प्रचलन भेटिन्छ । कतिपय मुलुकहरूमा एकभन्दा अधिक राष्ट्रिय दिवसहरू छन् भने अधिकांश मुलुकहरूमा स्वतन्त्रता दिवसलाई नै राष्ट्रिय दिवसको रूपमा मनाएको पाइन्छ । छिमेकी भारतले जनवरीमा संविधान जारी गरेको दिनलाई गणतन्त्र दिवस, अगस्टमा ब्रिटिसबाट स्वतन्त्र भएको दिनलाई स्वतन्त्रता दिवस र अक्टोबरमा महात्मा गान्धी जन्मेको दिनलाई समेत गरी तीनवटा राष्ट्रिय दिवस मनाउँछ । छिमेकी चीनले अक्टोबरमा सन् १९४९ मा जनगणतन्त्र घोषणा गरेको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गर्छ । राजतन्त्र भएका देशहरूमा प्रायः वर्तमान राजा वा रानीको जन्मदिनलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ भने कुनै देशजस्तै जापान, स्वीडेन आदिले आफ्नो पहिलो राजाले राज्याभिषेक गरेको दिनलाई पनि सम्झेको पाइन्छ ।राजाहरूको सम्झनामा मात्र होइन, राजाविरुद्ध संघर्ष गरिएको लुई राजतन्त्र विरोधी फ्रेन्च आन्दोलन उठाउन आकस्मिक भूमिका खेल्ने दिनलाई फ्रान्सले राष्ट्रिय दिवसका रूपमा मनाउने गर्दछ । आफ्नो धर्मगुरु मरेको दिनलाई आयरल्यान्डले, पार्टी स्थापना भएको दिनलाई उत्तर कोरियाले , कोलम्बसले अमेरिका पत्ता लगाएको दिनलाई स्पेनले आफ्नो राष्ट्रिय दिवसको रूपमा मनाउँछन् । यसरी विश्वका विभिन्न अभ्यासलाई हेर्दा राष्ट्रिय दिवस मनाउने विषयमा फरक देशहरूले फरक विषयहरूलाई महत्त्व दिएका र सोही अनुसारका फरक प्रचलनहरू बसाएको पाइन्छन् ।
राष्ट्रसँगसम्बन्धित दिनलाई नै राष्ट्रिय दिवस भनिन्छ । यो राजनीतिक हुन्छ नै अझ ज्यादा भावनात्मक र पहिचानसँग सम्बन्धित हुन्छ । यो दिनलाई राष्ट्र (सबै जनता) प्रति माया, सद्भाव तथा सम्मान बढाउन अनि सबैको सहभागिता र अपनत्वसहित एकता तथा मेलमिलाप गराउन मनाउने गरिन्छ ।सबै जनताको  समान आकांक्षा प्रतिबिम्बित गराउन र सबैलाई एकै सूत्रमा आवद्ध गराउन राष्ट्रिय दिवसको एकदमै महत्त्व हुन्छ । हो, यहीँनेर नै हो बहस र विवाद भएको  २७ पुसको दिनले सबै नेपाली जनतालाई सैद्धान्तिक रूपमा प्रतिनिधित्व गर्छ कि गर्दैन र सबैलाई सहभागी गराएर अपनत्व गराउन सक्छ कि सक्दैन भन्ने विषयमा अस्पष्टता भएकाले नै बहस र विवाद भएको हो ।  ऐतिहासिक सान्दर्भिकता र व्यावहारिकताले पनि राष्ट्रिय दिवसको बहस र विवाद सतहमा आउने गर्छ । ऐतिहासिक रूपमा राष्ट्रिय दिवसको सान्दर्भिकता पुष्टि गर्न सकिने खालको हुनुपर्छ । उक्त दिन राष्ट्रको इतिहाससँग सम्बन्धित छ कि छैन, छ भने के–कति कारणले नेपाली राष्ट्र निर्माणमा वा नेपाली राष्ट्रलाई प्रतिनिधित्व गर्न सान्दर्भिक छ भन्ने कुरा प्रष्ट हुनुपर्छ ।
राष्ट्रिय दिवस कहिले र किन मनाउने भन्ने विषय जति महत्त्वपूर्ण छ, त्यत्तिकै महत्त्वपूर्ण यसलाई कसरी मनाउने भन्ने विषय हुन्छ । व्यावहारिक रूपमा राष्ट्रलाई समेटी ऐेक्यवद्ध गराउन सके र सबैलाई समेटेर मनाउन सकिए धेरै हदसम्म राष्ट्रिय दिवस कहिले र किन मनाउने भन्ने कुरा खोजीको विषय हुँदैन । विभिन्न देशको प्रचलनहरूले पनि यही कुरा पुष्टि गर्दछ ।
नेपालमा पुस २७ लाई नै राष्ट्रिय दिवसको रूपमा मनाउने हो भने व्यावहारिक रूपमा सबै नेपाली जनतालाई वा राष्ट्रलाई समेटेर मनाउनुपर्छ । नेपाल राज्यको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भएकाले उनको सम्मानमा कुनै आँच नपुगोस् तर सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको केवल एक राजाको जन्मदिन जसरी मनाइयो भने यस व्यावहारिकताको पाटोले थुप्रै कठोर ऐतिहासिक र सैद्धान्तिक प्रश्नहरूको सामना गर्नुपर्ने हुन्छ । यदि एक राजाको जन्मदिन जसरी मात्र मनाइयो भने यो राजा मान्ने राजावादी वा राजतन्त्रवादीहरूको खण्डित नेपाली राष्ट्रवादी हरूको एकता दिवस मात्र हुन पुग्दछ । जसरी राष्ट्रवादीले अन्य पहिचानवादीहरूलाई अलग्याउँछन्, त्यसैगरी राजावादीले स्वाभाविक रूपमा गणतन्त्रवादीलाई अलग्याउँछन् ।
नेपालको राष्ट्रिय एकता दिवस मनाउँदा समग्र नेपाली राष्ट्रको पहिचान र भावनाको प्रतिबिम्बित हुनुपर्छ । राजनीतिक रूपमा आ–आफ्ना विचारहरूलाई शान्तिपूर्ण र मर्यादित तरिकाले राख्न सकिन्छ । विचारको विविधता र कार्यान्वयनका अवधारणाहरूमा प्रतिस्पर्धा हुनु राम्रो हो ।  तर, विचारबाहेक जब भावना र आस्थाको कुरा आउँछ, तब हामी आफ्नो विश्वास अरूमाथि थोपार्न सक्दैनौँ ।त्यसैले फरक सांस्कृतिक मान्यताहरूबीच एक पक्ष अर्को पक्षमाथि हाबी हुन खोज्नु हुन्न । त्यहाँ आपसी सद्भाव र सहकार्य गर्न सकिने समानुभुति चाहिन्छ । किनभने राजनीतिक द्वन्द्व सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छ ।
राष्ट्र निर्माणमा भूमिका खेलेका सबैलाई सम्मान भाव व्यक्त गरी इतिहासको गल्ती–कमिजोरीहरूलाई क्षमा भाव सहित सच्चाउने प्रण गर्नुपर्छ । पुस २७ मा पृथ्वीनारायण शाहको गुणगान गाइरहँदा अन्य शाहवंश र अन्य वंशका राजा र इतिहासको विभिन्न कालखण्डका जनताको पनि त्याग र  योगदान सम्झिनुपर्छ । वर्तमानमा पनि सबै नेपालीहरूले एक–अर्कालाई सम्मान गरी सबैको मर्का–भावना र विचार बुझ्ने अवसरको रूपमा लिनुपर्छ । अनि मात्र हाम्रो राष्ट्रिय एकतालाई कसैले हल्लाउन सक्दैन । राष्ट्रिय दिवसको दिन हाम्रा राष्ट्रिय समस्याहरू के–के हुन्, त्यसको समाधान गर्न सङ्कल्प गर्ने दिन हुन सक्छ । राष्ट्रिय एकता दिवस सबै नेपाली पहिचान, संस्कृति र मनोविज्ञानलाई समेट्न सक्नु आवश्यक छ ।समग्रमा भन्नुपर्दा,राष्ट्रिय एकता दिवस  बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधताहरू प्रति समभाव राख्दै नेपालको हित र नेपालीको एकता प्रति समर्पित हुने दिन हुनसक्छ ।
नेपाल दुई ढुंगाको तरुल हो भन्ने भनाइलाई नेपालको भूराजनीतिक अस्तित्व र स्वाधिनताका हिसाबले अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण सिद्धान्त मान्न सकिन्छ । पृथ्वीनारायण शाहको त्यही सोचले नै अहिलेको नेपालको निर्माण सम्भव भएको हो । अबका दिनमा समेत नेपालले समृद्धिको यात्रा तय गर्न र राष्ट्रिय स्वाधिनतालाई सशक्त बनाउन ‘ आवश्यक छ । पृथ्वीनारायण शाहले सुरू गरेको नेपाल एकीकरण अभियानको भूराजनीतिक महत्व र हालको अवस्थामा उनको भूराजनीतिक सिद्धान्तले देशलाई पुगेको फइदावारे सबै नेपाली जनताले आत्मिकरण गर्नु पर्दछ ।
राष्ट्रिय एकताका लागि देशवासीहरुमा राष्ट्रप्रेम अपरिहार्य हुन्छ । सडकमा राष्ट्रियताको चर्को नारा लगाउ“दै सडक तताई भीडलाई एकछिन उत्तेजित बनाएर अथवा कोरा भावुकतामा आधारित राष्ट्रियताको दर्शन छांटेर पत्रपत्रिका वा सामाजिक सन्जालमा सञ्चार गरेर मात्रै कोही पनि राष्ट्रप्रेमी कहलाउ“दैन । त्यसबाट क्षणिक रुपमा सस्तो लोकप्रियता त आर्जन हुनसक्ला, तर त्यो थोरै समयमा नै पानीको फोका जस्तै विलाएर जान्छ । जनतालाई राष्ट्रियताप्रति जागरुक बनाउन र शासकहरुलाई न्यायको मार्गतर्फ उन्मुख हुने खबरदारी गर्नका लागि सचेत राष्ट्रप्रेमीले कलम र वाणी दुबै चलाउनु आवश्यक छ । यतिले मात्रै राष्ट्रियता र राष्ट्रिय एकता सुदृढ हुने होइन । राष्ट्रको हितमा ठोस रुपले रचनात्मक कार्य गरेपछि मात्र राष्ट्रियता सुदृढ हुन्छ । राष्ट्रियता रहेन भने राष्ट्र नै रह“दैन। राष्ट्रियता भनेको मालामा जडित फूल हो र राष्ट्रिय एकता चाहि“ धागो हो जो मजबूत हुनुपर्छ, अनि मात्र हाम्रो गौरवमय राष्ट्रिय एकता सार्थक हुन्छ ।राष्ट्रियता छ तर एकता भएन भने राष्ट्र कमजोर बन्न सक्छ ।राष्ट्र सवल,सक्षम बन्नका लागि यी दुवै पक्ष  सक्षम र सवल हुन जरुरी छ ।एकता भएन भने राज्यभित्र अनेकौ अडचन र व्यवधानहरू आइ पर्न सक्छ ।यसले राष्ट्रियतालाई नै खतरा मोल्न सक्छ ।यी पक्षबाट बच्नका लागि राष्ट्रियता र राष्ट्रिय एकतामा आँच आउँन दिनु भएन ।साथै एक आपसमा एकतााबद्ध भई राष्ट्र हीतमा अघि बढ्न जरुरी छ ।
(उप्रेती सहकारी बिभागमा कार्यरत छन् ।)
प्रकाशित :२०८० पुष २७, शुक्रबार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry