यी ४ पूर्व माओवादीका नेता :-मन्त्री र सांसद पद त्याग्न तयार तर ओली नत्याग्ने

पूर्व माओवादी खेमाबाट प्रचण्ड क्याम्प छाडि ओली क्याम्पमा पुगेका ६ मन्त्री एमालेमै रहने,माओवादीमा नफर्कने भएका छन् । केपी ओलीले संसद बिघटन गरेसँगै प्रतिगामी कदम भन्दै ओलीसँग छुट्टिएर माधव प्रचण्डहरु हिडेका थिए । त्यो समयमा प्रधानमन्त्री ओलीलाई सघाएका गृहमन्त्री रामबहादुर थापा बादल,उद्योगमन्त्री लेखराज भट्टदेखि खानेपानीमन्त्री मणि थापा,युवा तथा खेलकुद मन्त्री दावा लामादेखि श्रममन्त्री गौरी शंकर चौधरी,शहरी विकास मन्त्री प्रभु साहसम्म ओली क्याम्पमा लागेमा थिए । अहिले सर्वाेच्चको पछिल्लो निर्णयसगै पूर्व एमाले र पूर्व माओवादी व्युझिएको छ । यी ६ मन्त्रीहरु सांसद पनि गए पनि एमाले नछाड्ने बताउन थालेका छन् । नेकपा एमालेमै रहने नेकपा माओवादी केन्द्रका नेताहरुले २० प्रतिशतभन्दा कम हिस्सा मात्र पाउने भएका छन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपा विभाजन हुँदा ओलीको पक्षमा रहेका नेताहरुलाई २० प्रतिशत हारहारीको हिस्सामा समेट्ने तयारी गरिएको ओली पक्षका नेताले बताएका छन् । यद्यपि उनीहरुले ३० प्रतिशत हिस्सा माग गरेका छन् ।
साबिक एमाले व्यसतिएपछि त्यहाँ वामदेवपछि बादललाई राख्ने तयारी छ । त्यसैले बादललाई वामदेव गौतमपछिको उपाध्यक्ष बनाउने तयारी गरिएको छ । बादललाई व्यवस्थापन गर्नेबारे छलफल भए पनि अन्य नेताको व्यवस्थापनमा छलफल भएको छैन । निक्कै मत्वकांक्षी मानिने टोपबहादुर रायमाझी लगायतलाई व्यवस्थापन गर्न समस्या हुने एमाले ओली पक्षका नेताहरुको बुझाइ छ । नेकपा माओवादीको कोटामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका लेखराज भट्ट केपी ओलीतिरै लाग्ने भएका छन् । उनले आफू नेकपा माओवादी केन्द्रमा नफर्कने संकेत गरेका छन् ।
माओवादी कोटाबाट ओलीको सरकारमा उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशंकर चौधरी, सहरी विकास मन्त्री प्रभु साह र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका प्रत्यक्ष जितेका सांसद हुन् । युवा तथा खेलकुद मन्त्री दावा लामा प्रदेश सभा सदस्यमा पराजीत भएका हुन् भने खानेपानी मन्त्री मणि थापा सांसद नै होइनन् । उनीहरु माओवादी केन्द्रमा नफर्किएमा सांसद पद नै चट् हुन्छ ।

प्रकाशित :२०७७ फाल्गुन २७, बिहीबार ०६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry