देउवालाई प्रधानमन्त्री बन्न ‘अफर’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राखेका छन्।
बुधबार दिउँसो २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा उनीहरूबीच छलफल भएको हो। १ बजेर १५ मा देउवा निवास पुगेका प्रचण्ड-नेपाल १ बजेर ३५ बजे त्यहाँबाट बाहिरिएका थिए।
Advertisement 1
प्रचण्ड र नेपालले प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि सिर्जित नयाँ राजनीतिक अवस्थामा मिलेर जानुपर्ने प्रस्ताव राखेको देउवानिकट स्रोतले जनाएको छ।
देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन् । नेकपा स्रोतकाअनुसार तीन नेताबीच झण्डै २० मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।
प्रचण्ड माधव नेपालहरुले आफू प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई अघि सारेका हुन् ।