व्यक्तिगत फाइदा नहेर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री डा. महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।
Advertisement 1
सोमबार निरीक्षणका क्रममा अर्थमन्त्री डा. महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए । अहिले बजेटले करका दायरा फराकिलो बनाएको भन्दै उनले सेवाग्राहीलाई यसबारे राम्रोसँग बुझाउन निर्देशन दिए । मूल्य अभिवृद्धि कर राजस्वको महत्वपूर्ण पक्ष भएको भन्दै अर्थमन्त्रीले तरकारी र फलफूलको आयातमा मात्र कर लाग्ने बताए ।
उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्ने बताए । मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ।’