६ जनामाथि निर्वाचन आयोगले तोक्यो जरिवाना

 

Advertisement 1

आचारसंहिता उल्लघंनको घटनामा निर्वाचन आयोगले ६ जनालाई जरिवाना तिराएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको बिषयमा काठमाडौं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ६ जनालाई जरिवाना लिएको हो ।

जरिवाना तिराइएकाहरुमार बारा जिल्ला,पचरौता नगरपालिका,नगर प्रमुख जलन्सर सिंह,जैसवाललाई २५ हजार जरिवाना असुल गरिएको आयोगले जनाएको छ ।
यस्तै यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदातालाई फ्री भिसा र टिकटमा युवालाई विदेश पठाइदिने भनी प्रलोभनमा पारी अभिव्यक्ति दिएको आयोगले जनाएको छ। उक्त घटनाबारे छानबिन गर्न आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान गर्नको लागि चिठी लेखी पठाउने बताएको छ।

Advertisement 2

यस्का अलवा आयोगले हाम्रो राष्ट्रिय माध्यमिक साँफेबगरका प्रध्यानाध्यापक तिलक कुँवर,जनता आधारभुत विद्यालयका शिक्षक जिबछ याववलाई पाँच पाँच हजार जरिवना तिराइएको छ ।
आयोगका अनुसार, पुकार बमले निर्वाचन प्रचार प्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट प्रयोग गरेको भन्दै ५ हजार जरिवाना तोकेको छ।

Advertisement 3

 

प्रकाशित :२०७९ कार्तिक २७, आईतवार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry