बिथ ल्याबका मालिक विके भण्डारीमाथि साढे ६ करोड भ्रष्टाचारको मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमकान्त भण्डारीमाथि अकुत आर्जनको अभियोगमा विशेष अदालतमा मुद्धा दायर् गरेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायकका रुपमा कार्यरत रहँदा भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी ६ करोड २४ लाख ४ हजार अकुत वा गैरकानूनी सम्पत्ति आर्जन गरेको र सो को स्रोत देखाउन नसकेपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । २०७३ असोज २१ मा सरकारी सेवामा प्रवेश गरेका भण्डारी ७७ साउन १ मा मा स्वेच्छिक अवकाश रोजेका थिए । राजीनामा पूर्व नै उनी विथ ल्याब नामक कोरोना किट परीक्षणको धन्दामा लागेका थिए ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/06/भिमकान्त-भण्डारी-मिति-२०७९।०३।०३.pdf” title=”भिमकान्त भण्डारी मिति २०७९।०३।०३”]

अख्तियारद्धारा गरिएको अभियोगपत्रमा सेवा प्रवेश गरेको मितिदेखि ०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६आय आर्जन गरेको, भण्डारीको खर्च तथा लगानी तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु ६ करोड ५० लाख ६५ हजार ६४२.५३ रुपैंया भएको देखिएकोले खर्च तथा लगानी गरेको तथा उनको कुल आय आर्जन रु २६,६१,६३६.०९ मा भण्डारीले गरेको कुल खर्च तथा लगानी अर्थात व्ययतर्फ ६,५०,६५,६४२.५३ घटाउँदा हुन आउने छ करोड चौबीस लाख  चार हजार छ रूपैयाँ चौवालीस पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफततर्फ ऐ ऐनको दफा ४७ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Advertisement 2

https://206.189.139.206/?p=4400

प्रकाशित :२०७९ असार ३, शुक्रबार १६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम