प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक,के के छन एजेण्डा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजेका लागि डाकिएको बैठकमा मंगलबार ल्याएको संवेधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज लगायतको एजेण्डा उपर छलफल हुनेछन् ।

Advertisement 1

क्याविनेट बैठक अघि उनले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आजै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक आह्वान गरिएको हो ।
प्रधानमन्त्रीले आज साँझ ५ बजे संवैधानिक परिषद् र त्यसलगत्तै साँझ ६ मन्त्रिपरिषद् बैठकसमेत आह्वान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय स्रोतले जनाएको छ ।

Advertisement 2

प्रधानमन्त्री अ‍ोलीले गत मंगलबार ल्याएको उक्त अध्यादेश बुधबार फिर्ता लिएका थिए । प्रधानमन्त्री अ‍ोलीले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रकाशित :२०७७ पुष २, बिहीबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry