शहिद

तिमी बोल्छौ, पढ्छौ, लेख्छौ मेरो लासमाथि
तिम्रा हर कदममा पाईलामा मेरो रगत लत्पतिएको छ
मेरो विरता अनि वेदना बोकेर हिँड
सुन्छौ यदि तिमि भने मेरो रोदन सुन
देख्छौ यदि भने तिमी मेरो सपना देख
मेरो कहानी लेख
मलाई बिर्सेर, मेरो बाटो छोडेर
कहाँ जाँदैछौ ? ए मेरा सन्तानहरु विरहरु विरङ्गनाहरु
Advertisement 1
मैले खनेको बाटो अपुरो छ, मैले रोपेको विऊ टुसाउन लागेको छ, ननिमोठ, नचु,ड मलजल गर मेरा प्यारा सन्तान हो
बिर्सेऊ भने बाटो बिरायौ भने तिम्लाई एक रत्ति छोड्ने छैन
तिम्रा पाईला पाईलामा चाल बनेर
तिम्रो धड्कनको चाल बनेर आउने छु म
यो देशको लागी
मातृभुमिको लागी
मेरो फाँसि तिम्रो प्रतेक गाँसमा
अड्कने छ,
तिमि मलाई सम्झेर रुने नगर,
Advertisement 2
मलाई प्रतेक वर्ष सम्झेर मेरो शालिकमा
माल्यार्पण नगर, श्रध्दाञ्जली नदेऊ
किनकी म मरेको छैन,
म बाँचिरहने छु
जबसम्म यो देश रहिरहने छ
म त्यो दिन खुशी हुनेछु जुन दिन तिम्ले आफ्ना सन्ततिमा मेरो अनुहार देख्नेछौ !!